विराटनगर । भोजपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणनामा प्रदेश १ का पूर्वमुख्यमन्त्री एमालेका उम्मेदवार शेरधन राई पछि परेका छन् । उनलाई निवर्तमान प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका सुदन किराँतीले उछिनेका छन् ।

निर्वाचन कार्यालयका अनुसार भोजपुर निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार किराँतीले १ हजार ५ सय ४१ मतसहित अग्रता लिइरहेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार शेरधन राईले १ हजार ८५ मत प्राप्त गरेका छन् ।
63
Shares
६ मंसिर २०७९, मंगलवार १०:१५