विराटनगर । इलाम क्षेत्र नम्बर २ प्रारम्भिक मत परिणाममा नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङ पछि परेका छन् । उनलाई पछि पार्दै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिएका छन् ।

६ सय ६८ मत गणना हुँदा खड्का नेम्वाङभन्दा ६६ मतले अघि छन् । खड्काले ३ सय ४२ मत ल्याएका छन् भने नेम्वाङले २ सय ७६ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले ३ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि सम्पन्न निर्वाचनको मत गणना इलाममा दिउँसो पौने २ बजे सुरु भएको हो ।आइतबार सम्पन्न निर्वाचनमा इलाम २ मा १ लाख १५ हजार ९ सय ५२ मतदाता मध्ये ५९ हजार १ सय ३६ मत खसेको थियो ।

प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (क) को प्रत्यक्ष र समानुपातिकको गणना भइरहेको हो । जिल्लाभर ५२ दलशमलव ९३ प्रतिशत मत खसेको हो ।

इलाम १ पनि मतगणना सुरु भएको छ । इलाम १ मा १ लाख ९ हजार ५ सय ३७ मतदातामध्ये ५९ हजार ९ सय ६ मत खसेको थियो । इलाममा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र छन् ।

प्रतिनिधिसभाका लागि इलाम १ मा ११ र इलाम २ मा १४ उम्मेदवार छन् ।

49
Shares
५ मंसिर २०७९, सोमबार १७:३५