प्रारम्भिक विवरण अनुसार सबैभन्दा धेरै मोरङमा ६६.२२ र थोरै खोटाङमा ४७.४६ मत खसेको छ । १४ जिल्ला रहेको प्रदेशमा खसेको मत संख्या थपघट हुनसक्ने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
प्रारम्भिक हिसाबमा संकलन गरिएको तथ्यांक अनुसार प्रदेशमा ३३ लाख ९६ हजार ८ सय ६५ मतदाता रहेकामा २० लाख ५४ हजार ६ सय ३३ मत खसेको हो । निर्वाचन आयोगले यो प्रदेशमा अपेक्षा गरिएको भन्दा कम मतदान भएको जनाएको छ ।१ हजार ८ सय ९७ मतदानस्थल तोकिएको प्रदेशमा ४ हजार ९९ स्थायी र २५ वटा अस्थायी मतदान केन्द्रमा मतदान भएको थियो । छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।
सुनसरीको क्षेत्र नम्बर ३ मा पर्ने बर्जु गाउँपालिका–५ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मतदानका क्रममा विष्फोट भएको थियो । विष्फोटमा परेर ८ वर्षीया बालिका पुजन ऋषिदेव सामान्य घाइते भइन । ४० मिनेटजति रोकिएको मतदान सेना परिचालन गरेर सुचारु गरिएको थियो ।मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेकामा ४ लाख ८७ हजार ४७ (६६.२२ प्रतिशत), झापामा ६ लाख ६३ हजार ३ सय ११ मतदाता रहेकामा ४ लाख ३६ हजार ७७ ( ६५.७४ प्रतिशत), सुनसरीमा ५ लाख ४४ हजार ९ सय ४१ जना मतदाता रहेकामा ३ लाख ४६ हजार ६ सय ९३ (६३.६२ प्रतिशत) मत खसेको प्रारम्भिक विवरण छ ।
त्यस्तै ताप्लेजुङमा ८८ हजार २ सय ८५ मतदाता रहेकामा ४८ हजार ५ सय ७३ (५५.०२ प्रतिशत), पाँचथरमा १ लाख ३८ हजार ९ सय ३२ मतदाता रहेकामा ७४ हजार ८ सय ९८ (५३.९१ प्रतिशत), इलाममा २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेकामा १ लाख २९ हजार १७५ (५७.४४ प्रतिशत) मत खसेको अनुमान गरिएको छ ।
संखुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेकामा ६५ हजार ७ सय ८३ ( ५५.९६ प्रतिशत), तेह्रथुममा ७१ हजार ९ सय ३३ मतदाता रहेकामा ४१ हजार ८ सय ७४ (५८.२१ प्रतिशत), भोजपुरमा १ लाख २३ हजार ३ सय ७९ मतदाता रहेकामा ६२ हजार १५ (५०.२६ प्रतिशत), धनकुटामा १ लाख १६ हजार ९ सय ९१ जना मतदाता रहेकामा ६९ हजार ४ सय ९६ (५९.४० प्रतिशत) मत खसेको विवरण प्राप्त भएको छ ।
त्यस्तै सोलुखुम्बुमा ८१ हजार ५ सय २ जना मतदाता रहेकामा ४० हजार २ सय १७ (४९.३४ प्रतिशत), खोटाङमा १ लाख ४२ हजार ७ सय ९२ जना मतदाता रहेकामा ६७ हजार ७ सय ७० (४७.४६ प्रतिशत), ओखलढुंगामा १ लाख १७ हजार ८ सय ९७ जना मतदाता रहेकामा ६३ हजार ३ सय ६२ (५३.७४ प्रतिशत) र उदयपुरमा २ लाख २८ हजार ९ सय ४६ जना मतदाता रहेकामा १ लाख २१ हजार ६ सय ५३ (५३.१४ प्रतिशत) मत खसेको अनुमान छ ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले मतदान सम्पन्न गराउन प्रदेशमा ३२ हजार ७ सय ९२ जना कर्मचारी र १६ हजार ३ सय ९६ जना स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । निर्वाचन सम्पन्न गराउन नेपाल तथा म्यादी र सशस्त्र प्रहरी गरेर ३६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।