अध्यक्ष ओलीले आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति मा.वि.को मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् । ‘निर्वाचनमा एमालले बहुमत ल्याउँछ र मंसिर १५ गतेसम्म सरकार बनाउँछ’ अध्यक्ष ओलीले भने, ‘त्यसो हुन नसके एमालेसँग सहकार्य गरेका दलहरुको सरकार बन्छ ।’ओलीले सबैलाई आफूले रुचाएको दललाई मतदान गर्न आग्रह गरेका छन् ।