विष्फोटबाट एक स्थानीय बालिका घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
सोही मतदान स्थलको गेटनजिक अर्को पनि बम रहेको आशंकामा सेनाले ‘सर्च अप्रेसन’ गरिरहेको छ ।मतदानस्थलमा विष्फोट भएपछि मतदाता त्रसित बनेका छन् । त्यहाँको मतदात तत्कालका लागि स्थगित भएको छ ।
उक्त मतदान केन्द्र सुनसरी क्षेत्र नम्बर ३ मा पर्छ । त्यहाँ मुख्य प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेसका विजयकुमार गच्छदार तथा नेकपा (एमाले) बाट भगवती चौधरी छन् ।