नेपाली कांग्रेसका नेता तथा क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालाले आदर्श मावि मतदान केन्द्रबाट बिहान साढे ७ बजे मतदान गरेका छन् ।
यस्तै एमाले नेता तथा क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डितले विराटनगर १२ मा रहेको महेन्द्र बहुमुखी क्याम्पसको मतदान केन्द्रबाट मतदान गरे ।क्षेत्र नम्बर ४ का एमाले प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले विराटनगर ५ को आधारभूत विद्यालयबाट मतदान गरेका छन् । क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका प्रतिनिधिसमा उम्मेदवार सुनील शर्माले बेलबारी ४ को पञ्चज्योति आधारभूत विद्यालयबाट मतदान गरेका छन् ।
क्षेत्र नम्बर ५ का जनता समाजवादी पार्टीका प्रतिनिधिसभा उम्मेदवार राजकुमार यादवले विराटनगर १३ को बाल मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।प्रदेशसभातर्फ मोरङ ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले विराटनगर १० को संसारीमाईस्थान मतदान केन्द्रबाट मतदान गरेका छन् ।
५ (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्यालले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन् । मोरङ ६ (ख) का एमाले उम्मेदवार पर्शुराम बस्नेतले विराटनगर ११ को जनपथ मावि मतदान केन्द्रबाट र एमाले ६ (क) की उम्मेदवार रिता न्यौपानेले बुढीगंगा २ को लीलाभक्ता आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी छन् ।
नेपाली कांग्रेस नेतृ डिला संग्रौलाले विराटनगर ११ को जनपथ मावि मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।
मोरङका अन्य प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारहरुले मतदान गर्ने क्रम जारी छ ।