सिरहा । सिरहाकाे एक मतदान स्थलमा गाेली चलेकाे छ ।

कर्जन्हा नगरपालिकाका-६ जनता मावि बडहरामालकाे बुथमा गाेली चलेकाे हाे ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताबीच मत पेटिका खाेसाखाेस हुनथालेपछि प्रहरीले ३ राउन्ड गाेली चलाएकाे जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुवास बुढाथोकीले जानकारी गराए ।

हाल विवाद समाधान भइसकेकाे र मतदान सुरु भइसकेकाे डिएसपी बुढाथाेकीले जानकारी दिएका छन् ।

77
Shares
४ मंसिर २०७९, आईतवार १०:१०