प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार काठमाडौं लगायत तराईका जिल्लाहरु आज रातिबाट नै मतगणना कार्य सुरु गरिनेछ ।
आज बिहान ७ बजेबाट देशभर एकैचरणमा मतदान सुरु भइएको छ ।‘साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु ७ बजेसम्म संकलन गरिने, एक घण्टा छलफलको समय राखिनेछ’ मतगणनाबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘आज राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुनेछ ।’ उनले हिमाली जिल्लामा मतपेटिकाहरु आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेसम्म सबै मतपेटिक जम्मा गरिने र आवश्यक परे हेलिकप्टरबाट मतपेटिका संकलन गरी भोलि ५ बजेबाट नै मतगणना कार्य प्रारम्भ गर्ने बताएका छन् ।
आयोगले प्रत्यक्षतर्फको नतिजा आगामी ८ दिन भित्रमा प्रकाशित गर्ने र मंसिर २२ गते भित्रमा सबै नतिजा आउने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताएका छन् ।यस निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको छ ।