ताप्लेजुङ । ताप्लेजुङमा मतदान केन्द्र नजिकै शंकास्पद वस्तु फेला परेको छ ।

फुङलिङ नगरपालिका–२ मा रहेको याङ्लेजुङ आधारभूत विद्यालय नजिकैको बाँसघारीमा शंकावस्तु फेला परेको ताप्लेजुङ प्रहरी प्रमखु कैलाश राईले जानकारी दिए । राईका अनुसार मतदान केन्द्र सरसफाइ गर्ने क्रममा उक्त वस्तु फेला परेको हाे ।

शंकास्पद वस्तु देखिएसँगै नेपाल आर्मीको बम डिस्पोजल टोली त्यस स्थानमा पुगिसकेको छ । शंकास्पद वस्तुबारे थप जानकारी आउन बाँकी रहेको छ ।

आसन्न संसदीय निर्वाचन बहिष्कार गर्ने भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतका अन्य समूह  नेपालभरी सक्रिय भएका छन् । पछिल्लो समय नेपालका विभिन्न ठाउँमा शंकास्पद वस्तु र बम फेला परिरहेका छन् ।

28
Shares
२ मंसिर २०७९, शुक्रबार १०:३२