काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार भएको जनाएको छ ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालका अनुसार आयोगले आवश्यकता अनुसार हवाई गस्तीसहित निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार भएको जानकारी दिएका छन् ।

आयोगले सार्वजनिक गरेको भिडियो सन्देशमार्फत् आयुक्त पौड्यालले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन् ।

निर्वाचनको कार्यक्रम अनुसार मंसिर १ गते मध्यरातिदेखि चुनवाी प्रचारप्रसार गर्न पाइने छैन ।

3
Shares
१ मंसिर २०७९, बिहीबार ०५:४८