पर्सा । निर्वाचनको मतपत्रसहित एक भारतीय नागरीकलाई पर्साबाट नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरीको टोलीले भारतको पश्चिम चम्पारनका ४० वर्षय ईजाजत अहमदलाई पर्साको जगरनाथपुर गाउँपालिका २ दशौतास्थित सडकखण्डमा पक्राउ गरेकाे हाे ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा १५ हजार मतपत्र राखेर नेपाल भित्रिदै गर्दा उनलाई पक्राउ गरेको प्रहरीले बताएकाे छ ।

अहमदको मोटरसाइकल र मतपत्र नियण्त्रणमा लिई उनी माथि छानबिनको प्रकिया अगाडि बढाइएको पर्सा प्रहरीले जानकारी दिएकाे छ ।

168
Shares
३० कार्तिक २०७९, बुधबार १५:३१