चितवन । राज्यमन्त्री एवं चितवन २ बाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । बुधबार बिहान ११ बजे सडकमा रोकिरहेको प्राडो गाडी तोडफोड भएको हो ।

मन्त्री श्रेष्ठका स्वकीय सचिव मदन राईका अनुसार सडकमा रोकिराखेको गाडीमा स्कुटर र मोटरसाइकलमा आएका ५/६ जनाको समूहले तोडफोड गरेका हुन् । गाडीका सिसा फुटाइएको छ ।

गाडी तोडफोड गर्नेहरूको प्रहरीले अनुसन्धान सुरु गरेको छ । श्रेष्ठ चितवन २ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार हुन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ अहिले चुनावी प्रचारप्रसारमा लागेका छन् । उनीसँग एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने प्रतिस्पर्धामा छन् ।

यसअघि साेही क्षेत्रमा रवि लामिछानेले गाडीमा ताेडफाेड भएकाे थियाे ।

14
Shares
३० कार्तिक २०७९, बुधबार १३:०९