काठमाडाैं । अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धरले राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापालाई भोट गर्न माेरङका मतदातालाई आग्रह गरेकी छिन् ।

सामाजिक सञ्जालमा रेखाकाे थापाकाे चुनावी प्रचार फाेटाेसहित क्याप्सेन लेखेकी उनले थापाका लागि भाेट अपिल गरेकी हुन् ।

थापा संसदीय निर्वाचनमा मोरङ ३ की प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् ।

सो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट डा.सुनिल शर्मा उम्मेदवार बनेका छन् । ढकाल सोही क्षेत्रका निवर्तमान सांसदसमेत हुन् ।

आफ्नै पार्टीको उम्मेदवार ढकाललाई नभई करिश्माले रेखा थापाका लागि सामाजिक सञ्जालमार्फत भोट माग्नु माग्नुले साे क्षेत्रका चुनावी माहाेल झन गर्मिकएकाे छ ।

कराेडाैं लगानी हुने चलचित्र क्षेत्रबाट राज्यकाे माथिल्लाे तहसम्म पुग्न अभिनेत्री थापाले प्रयास गरिररहेकाले त्यसकाे समर्थन गर्न मानन्धरले अनुराेध गरेकी छिन् ।

‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका सम्वाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरुले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो’ उनले लेखेकी छिन्, ‘यो संघर्षमा सामिल योद्धा । रेखा थापालाई भोट गर्न मोरङ जिल्लालाई आग्रह गर्दछु ।’

स्थानीय तहको निर्वाचनअघि करिश्मा एमाले प्रवेश गरेकी थिइन् । तर, एमालेले उनलाई न स्थानीय तहमा कुनै पद दियो न प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार नै बनायो । स्थानीय तह निर्वाचनमा राजनीतिक रुपमा निकै सक्रिय देखिएकी उनी एमालेको चुनाव प्रचारप्रसारमा यसपटक सक्रिय भएकी छैनन् ।

7
Shares
२९ कार्तिक २०७९, मंगलवार १४:११