विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ४ (ख) प्रदेशसभा सदस्यका उम्मेदवार भीम पराजुलीले विकास र समृद्धिका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् ।

मोरङ क्षेत्र न.४ (ख) को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफू नेतृत्वमा रहँदा विकास र समृद्धिका लागि काम गर्दै आएको स्मरण समेत गरेका छन् ।

धार्मिक तथा सामाजिक छवि बनाएका पराजुलीले विकास र समृद्धि गर्ने उम्मेदवार आजको आवश्यकता भएको औँल्याए । ‘यो नै पहिलो र हाम्रो लक्ष्य हो । हामी अहिले आशिर्बाद लिने ठाउँमा र्छाैं, चुनाव जिताउनुहोस् तपाईंहरुले सोचेको सपना हामी पुरा गर्छाैं ।’

पराजुलीले भने ‘गठबन्धनका उम्मेदवार जिताउने जिम्मा तपाइ,हाम्रो माझमा छ त्यो यसपटक पुरा गरौं । पराजुलीले भने संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्थाको स्थायित्वका लागि पनि हामी एक हुन आवश्यक छ ।’
3
Shares
२९ कार्तिक २०७९, मंगलवार ११:१८