काठमाडौं । नेपालमा छायाङ्कन भएका ‘ऊँचाइ’ सहित तीनवटा विदेशी चलचित्र फ्राइडे रिलिज अन्तर्गत नेपालका सिनेमा हलहरुमा शुक्रबारबाट प्रदर्शनमा आएका छन् ।

‘ऊँचाइ’ सहित ‘राम सेतु’ र हलिउड फिल्म ‘वाकान्डा फरएभर’ प्रदर्शनमा आएका हुन् । नेपालको स्वयम्भू, लुक्ला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नाम्चे, मनाङका विभिन्न ठाउँमा छायाङ्कन गरिएको ‘ऊँचाइ’ मा अमिताभ वच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा, परिणिती चोपडाको मुख्य अभिनय छ । यो फिल्म सुरज आर बडजात्याले निर्देशनमा बनेको हो ।

अर्को बलिउड फिल्म ‘राम सेतु’ मा अक्षय कुमारको मुख्य भूमिका छ । उनीसँगै ज्याक्लिन फर्नान्डिज र नुशरत भरुचाको अभिनय देख्न पाइनेछ । अभिषेक शर्माको निर्देशनमा बनेको यस फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले निर्माण गरेका हुन्।

यस्तै, हलिउड फिल्म ‘वकाण्डा फरएभर’ पनि आजैदेखि प्रदर्शनमा आएको हो । यो फिल्म ब्ल्याक प्यान्थरको सिक्वेल हो। चलचित्रमा लुपिता न्योङो, लेटिटा राइट, दनाइ गुरिरा, विन्स्टन ड्युक लगायतको अभिनय छ । फिल्म रायन कुग्लरको निर्देशनमा बनेको हो ।

63
Shares
२५ कार्तिक २०७९, शुक्रबार १७:३८