सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा मलखाद वितरणका क्रममा किसानहरूले सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। खेतीपातीको समयमा आवश्यक मलखाद लिन घण्टौँ कुर्नुपर्ने र पर्याप्त मल नपाउने समस्या रहेको किसानहरूको भनाइ छ।
कृषिका लागि आवश्यक मलखाद सहज रूपमा उपलब्ध नहुँदा किसानहरू चिन्तित बनेका छन्। उनीहरूले मलखाद वितरण प्रणालीलाई व्यवस्थित, पारदर्शी र समान पहुँचयोग्य बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
किसानहरूले खेती गर्ने समयमा नै मलखादका लागि संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।
यस विषयमा वडा कार्यालय, गाउँपालिका तथा सम्बन्धित सरोकारवाला निकायले समयमै ध्यान दिई किसानका समस्या समाधान गर्न आवश्यक देखिएको छ।
किसानलाई आश्वासन होइन, समयमै मलखाद उपलब्ध गराउन सम्बन्धित निकायको ध्यान जाओस्।

7
Shares
९ मंसिर २०८३, मंगलवार १०:०२