काठमाडौँ । नेकपा (एमाले) ले भदौ १३ गते च्यासलमा बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ। विधान संशोधन प्रस्तावमाथि आएका सुझाव संकलन र दस्तावेजीकरण गर्न समय लाग्ने भएकाले बैठक सारिएको हो।

केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अर्को बैठकबारे सूचना दिइएको छैन। यसबीच वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी बैठकमा फरक मत राख्ने तयारी गरेको बताइएको छ।

एमालेको दोस्रो विधान महाधिवेशन भदौ २०–२२ गते ललितपुरमा हुने छ।

7
Shares
१० भाद्र २०८२, मंगलवार १४:०८