काठमाडौँ । सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्न विकास ऋणपत्र जारी गर्ने भएको छ। नेपाल राष्ट्र बैंकमार्फत ३ वर्षे “विकास ऋणपत्र–२०८५ ‘ढ’” भाद्र ११ गते बोलकबोलमार्फत बिक्री गरिनेछ।
बैंक, वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले न्यूनतम ५० हजार रुपैयाँदेखि बोलकबोलमा भाग लिन सक्नेछन्। ऋणपत्रमा अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ र त्यसमा आयकर लाग्नेछ।
निष्कासन रकममध्ये ८५ प्रतिशत प्रतिस्पर्धी र १५ प्रतिशत अप्रतिस्पर्धी बोलवालाका लागि छुट्याइनेछ। अप्रतिस्पर्धी भागमा पूरा बोल नआए बाँकी रकम प्रतिस्पर्धीलाई दिइने र बढी आए समानुपातिक बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।