पोखरा–२६, अर्घौंस्थित सिर्जना बहिरा आवासीय विद्यालयका विद्यार्थी कक्षा ११ का विजय विश्वकर्मालाई झूटो आरोपमा फसाइएको भन्दै आन्दोलित बनेपछि छानबिन समिति गठन भएको छ। विद्यार्थी र अभिभावकहरूले प्रधानाध्यापकसहित पाँच शिक्षक–कर्मचारीको कारबाही माग गर्दै आन्दोलन गरेपछि वडाध्यक्ष नरेन्द्र थापाको पहलमा भएको सर्वपक्षीय बैठकले शिक्षा महाशाखामार्फत छानबिन गर्ने निर्णय गरेको हो। यससँगै आन्दोलन स्थगित गरी पठनपाठन नियमित गर्ने सहमति भएको छ। विद्यार्थीहरूले भविष्यमै पनि यसरी फसाइन सकिने भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही माग गरेका छन्।
42
Shares
१० भाद्र २०८२, मंगलवार ०९:४४