काठमाडौं, भदौ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भदौ २०, २१ र २२ गते ललितपुरमा दोस्रो विधान महाधिवेशन गर्दैछ। यसलाई लक्षित गर्दै विभिन्न सुझावहरू सार्वजनिक भएका छन्।

सुझावअनुसार खुला र महिला गरी दुई उपाध्यक्षको व्यवस्था, पालिका कमिटी सदस्य संख्या जनसंख्या र वडाअनुसार पुनः निर्धारण, त्रैमासिक वैचारिक प्रशिक्षण, सदस्यता दिनुअघि परीक्षा र परीक्षणको प्रावधान राख्नुपर्ने भनिएको छ।

त्यसैगरी आन्तरिक लेखा परीक्षणलाई माथिल्लो तहको कमिटीमार्फत नियमित गर्ने, स्रोत व्यवस्थापनमा सामूहिक उद्यम–कृषि उत्पादनमा कार्यकर्ता संलग्न गराउने, पूर्णकालीन/अर्धपूर्णकालीन कार्यकर्ता निर्माण, निस्वार्थ श्रमलाई अनिवार्य गर्ने, सूचना–प्रविधि प्रशिक्षणलाई प्राथमिकता दिने, सचिवालय सदस्य संख्या एकतिहाइ पुर्‍याउने लगायतका माग प्रस्तुत भएका छन्।

यी संशोधन प्रस्तावहरूबाट विधानलाई अझ व्यावहारिक, चुस्त र व्यवस्थित बनाउन सकिने अपेक्षा गरिएको छ।

14
Shares
९ भाद्र २०८२, सोमबार ११:५३