प्याब्सन आन्दोलनकै क्रममा विराटनगरमा विद्यालय बस ठोक्किँदा क्षति
विद्यालय शिक्षा विधेयक पारित भएपछि जारी प्याब्सनको आन्दोलन अन्तर्गत विराटनगरमा शुक्रबार गरिएको नगरपरिक्रमा कार्यक्रममा निजी विद्यालयका दुई बस एकआपसमा ठोक्किँदा क्षति भएको छ। दुर्घटनामा भगवती बोर्डिङ स्कुलको बसमा सिसा फुटेर चालक र सहचालक सामान्य घाइते भएका छन् भने अरनिको स्कुलको बसमा पनि हल्का क्षति पुगेको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।