नेपाल विरोधी चीन–भारत सम्झौता खारेज गर्न झलनाथको माग
नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारत–चीनबीच लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने सम्झौता नेपालको सार्वभौमिकता र अखण्डतामाथि धक्का पुगेको भन्दै खारेज गर्न माग गरेका छन्। विज्ञप्ति जारी गर्दै उनले सो सम्झौता नेपाली भूमिको अतिक्रमण भएको दाबी गर्दै सबै दल, संघसंस्था र जनतालाई राष्ट्रिय एकताका लागि संसद्बाट संयुक्त सङ्कल्प प्रस्ताव पारित गर्न आग्रह गरेका छन्। साथै, ऐतिहासिक प्रमाणमार्फत विश्वसमक्ष नेपालको वास्तविक सिमाना स्पष्ट पार्नुपर्ने बताएका छन्।