मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली, केही स्थानमा वर्षा भइरहेको छ। सुदूरपश्चिमका पहाडी भागमा मेघगर्जनसहित मध्यम वर्षा र अन्य प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ।

प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल भए पनि सिन्धुपाल्चोक, लमजुङ, कास्की, म्याग्दी, डोटी, डडेलधुरा लगायतका जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम उच्च छ भने इलाम, झापा, काठमाडौं, ललितपुर, सुर्खेत, दार्चुला, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा पनि मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।

14
Shares
५ भाद्र २०८२, बिहीबार १०:१२