नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीले विद्यालय पाठ्यक्रममा प्रविधि सम्बन्धी विषयहरू अनिवार्य रूपमा समेटिनुपर्ने बताएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले शिक्षक सरुवासम्बन्धी प्रावधान स्पष्ट हुनुपर्ने र प्राध्यापकलाई राजनीति तथा नयाँ संगठन खोल्न रोक लगाउनुपर्ने सुझाव दिएका छन्। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल जारी छ।
7
Shares
५ भाद्र २०८२, बिहीबार १०:०६