सञ्जीव राई नेतृत्वको पक्षले मंगलबार जारी गरेको सर्कुलरअनुसार, लामालाई संगठन विस्तार, नीति कार्यान्वयन र स्थानीय स्तरमा युवाहरूलाई सक्रिय बनाउन योगदानको आधारमा यो जिम्मेवारी दिइएको हो।
युवा संघभित्र लामालाई निष्ठावान्, कर्मठ र युवामैत्री नेता रूपमा चिनिन्छ। बागमती प्रदेशमा विभिन्न चुनौतीहरूबीच संगठनलाई मजबुत बनाउने काममा उनी निरन्तर सक्रिय छन्। युवा संघका साथीहरूले उनलाई “समर्पित र कार्यदक्ष नेता” भनेर प्रशंसा गर्ने गरेको समाचार प्राप्त भएको छ।सञ्जीव राई पक्षले स्पष्ट पारेको छ कि विशाल लामालाई जिम्मेवारी दिने निर्णय संगठनलाई बलियो बनाउन र युवामाझ नयाँ ऊर्जा भर्ने उद्देश्यसहित गरिएको हो। उनका निकटस्थ साथीहरूले अब संघमा लामाको नेतृत्व क्षमता अझ प्रस्ट रूपमा देखिने विश्वास व्यक्त गरेका छन्।