भौतिक पूर्वाधार मन्त्रीद्वारा बेलिब्रिज उद्घाटन
केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत झापाको पुवाखोलामा जडान गरिएको बेलिब्रिजको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गरेका छन् । करिब १ करोड ३५ लाख लागतमा बनेको ४८.६ मिटर लामो यो पुल जडान भएपछि मेची राजमार्गको विकल्पका रूपमा सो सडक प्रयोगमा आउन सक्ने भएको छ ।