मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो समय आएपछि बदमासी गर्ने कोही पनि भाग्न नपाउने चेतावनी दिएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले ७८ दिन हिरासतमा बसेको अनुभव सुनाउँदै भने, “म नेपाल चाहिन्छ, नेपाली नागरिक चाहिन्छ। मलाई किन्न खोजियो, तर म नभागेकोले इन्काउन्टरमा मारिने स्थिति आयो।”
प्रसाईंले दलालहरूका लागि बाँच्न सजिलो रहेको भन्दै आफू भने कहिल्यै नभाग्ने बताए। उनले थपे, “एक दिन सर्वहारा भुईँ मान्छेको दिन आउँछ।”
28
Shares
२ भाद्र २०८२, सोमबार १५:२५