कुवेत खाडी मुलुक कुवेतमा तीन दिनको अन्तरालमा विषाक्त मदिरा सेवनका कारण ९ जना नेपालीको मृत्यु भएको छ भने ३० भन्दा बढी बिरामी परेका छन्।
नेपाली दूतावास कुवेतका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार सबै बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
कुवेतमा मदिरा बिक्री प्रतिबन्धित भए पनि लुकीछिपी किनबेच हुने गरेको र सोही मदिरा सेवनका कारण नेपाली प्रभावित भएका हुन्।
दूतावासले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ। कुवेतमा हाल करिब १ लाख ३० हजार नेपाली कार्यरत छन्।