नेपालमा पहिलोपटक ‘हिमालयन इन्टरनेशनल स्ट्रोक समिट’ आयोजना हुने भएको छ।
स्ट्रोकसम्बन्धी चेतना, उपचार र नवीनतम प्रविधिबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको यो अन्तर्राष्ट्रिय सम्मेलनमा देश-विदेशका विशेषज्ञहरूको सहभागिता रहनेछ।
समिटमार्फत स्ट्रोक उपचारमा नेपालमा भइरहेको प्रगति र भविष्यको योजना प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ।
यो सम्मेलनले स्वास्थ्य क्षेत्र, विशेषगरी स्नायुरोग उपचारमा काम गरिरहेका चिकित्सक, अनुसन्धानकर्ता तथा नीति निर्माताहरूलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।