नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा दृढ रहेको बताएका छन्।
शुक्रबार सानेपामा आयोजित कार्यक्रममा उनले कांग्रेसकै नेतृत्वमा प्रथम शहीद लखन थापा मगरको घोषणासहित ऐतिहासिक उपलब्धिहरू प्राप्त भएको स्मरण गरे।
देउवाले मगर लगायत आदिवासी जनजातिको परम्परागत ज्ञान, सीप र पेशाको संरक्षण गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरणमा कांग्रेसले सहकार्य गर्न तयार रहेको बताए।