प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार शून्यमा पुर्याउन कानुन मात्र नभई मानिसको आचरण, चरित्र र गुणवत्ता सुधार आवश्यक रहेको बताएका छन्।
शुक्रबार ‘डिजिटल फ्रेमवर्क २०२५’ कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि शिक्षामा सुधार गरी नैतिकता वृद्धि गर्नुपर्ने बताए।
ओलीले सामाजिक प्लेटफर्म र प्रविधिको सकारात्मक उपयोगले समाजमा परिवर्तन ल्याउन सकिने उल्लेख गरे। साथै, कृत्रिम बुद्धिमत्ता (एआई)सँग नडराउन पनि आग्रह गर्दै मानव मस्तिष्कभन्दा ठूलो कुनै आविष्कार नभएको बताए।