गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनका लागि अधिवक्ता राजेन्द्र घिमिरेलाई प्रमुख निर्वाचन आयुक्त नियुक्त गरिएको छ।
संघको १०६औं बैठकले आगामी अक्टोबर ११–१४ मा काठमाडौंमा हुने अन्तर्राष्ट्रिय विश्व सम्मेलन तथा महाधिवेशनको आईसीसी निर्वाचन प्रक्रियाका लागि घिमिरेलाई जिम्मेवारी दिएको हो।
घिमिरे र संघका अध्यक्ष बद्री केसीबीच निष्पक्ष, पारदर्शी र विधिसम्मत निर्वाचन सुनिश्चित गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ।
महाधिवेशनमा विभिन्न देशबाट प्रतिनिधिहरूको सहभागिता रहने एनआरएनएले जनाएको छ।