विराटनगर, AMG Times | बिराटनगरका समिर बस्नेतलाई पोर्चुगल पठाउने प्रलोभन देखाएर १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा मोरङको पथरीशनिश्चरे–५ का विशाल पाण्डे उर्फ दामोदर फरार भएका छन्।

पीडितका अनुसार, दामोदर ले वैदेशिक रोजगारीको लोभ देखाउँदै रकम बुझाएर महिनौंसम्म पासपोर्ट, भिसा र टिकटको नाटक गरे। अन्ततः सम्पर्क टुटाई फरार भए।

स्थानीय स्रोतका अनुसार, दामोदर यसअघि पनि विभिन्न व्यक्तिहरूलाई विदेश पठाउने नाममा ठगी गर्ने घटनामा संलग्न रहँदै आएको छ। वैदेशिक रोजगार विभागमा पीडितले उजुरी दर्ता गरे पनि उनी अझै पक्राउ परेका छैनन्।

प्रहरी र पीडित दुवैले सर्वसाधारणलाई दामोदरसँग कुनै पनि आर्थिक व्यवहार नगर्न चेतावनी दिएका छन्। यो समाचार सार्वजनिक भएपछि उनको भागेर जोगिने सम्भावना न्यून हुने देखिएको छ।

210
Shares
२९ श्रावण २०८२, बिहीबार १८:००