धनुषाको जनकपुरधाम-४ स्थित राममन्दिर गुठीको ४ कठ्ठा जग्गा नेपाल पत्रकार महासंघ, मधेस प्रदेशलाई २० वर्षका लागि लिजमा दिएको विषयले विवाद चुलिएको छ। नेपाल बार एशोसिएशन, जनकपुरले विरोध गर्दै अदालतमा मुद्दा दायर गरेपछि उच्च अदालत जनकपुरले जग्गा यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ।
बारले सो क्षेत्र पार्किङका लागि प्रयोग गर्ने निर्णय गरेपछि दुवै पक्षबीच तनाव बढेको हो। झडपमा पत्रकार महासंघका अध्यक्ष श्याम बञ्जारा सहित ६ जना घाइते भएका छन् भने महिला पत्रकारमाथि दुर्व्यवहारको आरोप पनि लागेको छ।