नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकारिता क्षेत्रप्रति दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

उपनिर्वाचन सन्दर्भमा आयोजित कार्यक्रममा उनले तथ्यहीन र पत्रकारितामाथि लाञ्छना लगाउने अभिव्यक्ति दिएको भन्दै महासंघ गण्डकी प्रदेश समितिले विरोध जनाएको हो।

महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमार्फत यस्तो अमर्यादित टिप्पणीप्रति भर्त्सना गर्दै प्रेस स्वतन्त्रता र पत्रकारको सम्मान गर्न आग्रह गरेका छन्।
21
Shares
२९ श्रावण २०८२, बिहीबार १७:१०