सूत्रका अनुसार ‘B’ श्रेणीको लाइसेन्सका लागि रु. २५ हजार र ‘A’ श्रेणीको लागि रु. १५ हजार बुझाउनेलाई, चाहे लिखित वा ट्रायलमा फेल भए पनि, पास गराइन्छ। उठाइएको पैसा बिचौलिया र कार्यालयभित्र बाँडफाँड हुने आरोप छ।
एक परीक्षार्थीले आफू दुवै परीक्षामा फेल भए पनि बिचौलियाले सेटिङ गरेर पास प्रमाणपत्र दिलाइदिएको र त्यसपछि भौचर काटिएको बताएका छन्। उनको मोबाइलमा फेल भएको भिडियो पनि सुरक्षित छ।आरोप अनुसार, कर्मचारीको मिलेमतोमा बिना दर्ता (अनरजिस्टर) का सवारीसाधन पनि परीक्षण स्थलमा प्रवेश गराइन्छ। साथै, फेल भएका विद्यार्थीलाई सम्पूर्ण परीक्षण क्षेत्र चक्कर लगाएर CCTV मा पनि पास गरेको जस्तो देखाउने विशेष तरिका प्रयोग गरिएको बताइन्छ।
उक्त प्रमाण सार्वजनिक गर्न ती परीक्षार्थीले AMG Times मार्फत पत्रकार सम्मेलन गर्ने घोषणा गरेका छन्। यसपछि संलग्न कर्मचारी, अधिकारी र बिचौलिया सबैको नाम बाहिर आउनेछ र कानूनी कारबाहीको माग चर्किने जनविश्वास छ।स्थानीयहरूका अनुसार यस्तो काम भनेको सडकमा जनताको ज्यान बेच्ने अपराध हो र यसमा संलग्नलाई अब बच्न सक्ने ठाउँ छैन।