काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजा अघिल्लो वर्षको तुलनामा सुधार भएको छ। यस वर्ष कुल ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी हो।

यस वर्षको नतिजाका मुख्य बुँदाहरू:

उत्तीर्ण प्रतिशत: यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष यो प्रतिशत ५२.९१ मात्र थियो।

नियमिततर्फको नतिजा:

कुल ३ लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

तीमध्ये २ लाख ४२ हजार ४ सय ६५ जनाले ग्रेड प्राप्त गरेका छन्।

सबै विषयमा ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या २ लाख ८४ हजार ३ सय ५ रहेको छ।

आंशिकतर्फको नतिजा:

१ लाख १४ हजार ६ सय ४० विद्यार्थी सहभागी भएकामा ४१ हजार ८ सय ४० जना उत्तीर्ण भएका छन्।

उच्च जीपीए:

१३,५०२ जनाले ३.६१ देखि ४.० जीपीए प्राप्त गरेका छन्।

५५,८९६ जनाले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन्।

९४,२६८ जनाले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन्।

६९,८१२ जनाले २.४१ देखि २.८० जीपीए र ८,९६४ जनाले २.०१ देखि २.४० जीपीए ल्याएका छन्।

परीक्षा रद्द: नियमिततर्फ ११ जना र आंशिकतर्फ ६ जना गरी कुल १७ जना विद्यार्थीको परीक्षा रद्द भएको छ।

पूरक परीक्षाको व्यवस्था:

बोर्डले दुई विषयसम्म ‘ननग्रेड’ पाएका वा अनुपस्थित भएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक (मौका) परीक्षा सञ्चालन गर्ने जनाएको छ।

14
Shares
२० श्रावण २०८२, मंगलवार ०८:१४