जेफ बेजोसको एयरोस्पेस कम्पनी ब्लु ओरिजिनले अगस्ट ३ मा टेक्सासबाट अर्को अन्तरिक्ष यात्रा गराउँदैछ। ‘एनएस–३४’ नामको यो मिशन न्यु शेपर्ड रकेटमार्फत हुनेछ, जसअन्तर्गत हालसम्म ७० जनाले अन्तरिक्ष यात्रा गरिसकेका छन्। कम्पनीले यो यात्रालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त कार्मन रेखाभन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ।

यो मिसनमा विभिन्न देशका ६ यात्रु सहभागी हुनेछन्। तीमध्ये एक भारतीय मूलका अमेरिकी नागरिक अरविन्दर आर्वी सिंह बहल पनि छन्, जो भारतको आग्राका हुन् र अमेरिका बसोबास गर्दै रियल स्टेट व्यवसायमा संलग्न छन्। प्रक्षेपणको ३० मिनेटअघि वेबकास्ट सुरु हुनेछ र प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ।

यात्रा करिब ११ मिनेटको हुनेछ जसमा यात्रुहरूले केही मिनेट ‘जिरो ग्राभिटी’को अनुभव लिनेछन्। ब्लु ओरिजिनले टिकटको मूल्य गोप्य राख्ने गर्छ, तर अनुमान अनुसार प्रति सिट पाँच लाख डलरभन्दा बढी हुन सक्छ। कम्पनीले अन्तरिक्ष पर्यटनका साथै चन्द्रमाको लागि ल्यान्डर र पृथ्वी कक्षका लागि नयाँ रकेट विकासमा पनि काम गरिरहेको छ।

7
Shares
१९ श्रावण २०८२, सोमबार १०:५०