उत्तरप्रदेशको गोंडा जिल्लामा आइतबार भएको जिप दुर्घटनामा ११ जना तीर्थयात्रीको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्। मोतीगञ्ज सिहागाउँबाट पृथ्वीनाथ जलाभिषेकका लागि निस्किएको तीर्थयात्री बोकेको जिप इटियाथोकको बेलवा बहुता रेहरा पुल नजिकै नहरमा खसेको थियो।

दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्। उता, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई ५ लाख राहत दिने र घाइतेको उचित उपचारको निर्देशन दिएका छन्।

21
Shares
१८ श्रावण २०८२, आईतवार १५:०९