काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जाशीले भूमि विधेयक भूमिहीनको नाममा विचौलियाहरूले फाइदा उठाउने गरी आएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद जोशीले यस्तो टिप्पणी गरेका हुन्। विधेयक स्पष्ट रुपमा नआउँदा भूमिहीनको नाममा विचौलियाहरूले घुसपैठ गर्नसक्ने खतरा रहेको भन्दै सांसद जोशीले विधेयकलाई अझै स्पष्ट बनाउन जरुरी रहेको उनले बताए।

उनले संविधानले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई भूमि उपलब्ध गराउने कुरा स्पष्ट रुपमा भनेको भए पनि कार्यान्वयन गर्न नसकिएको बताए। भूमिहीनलाई जग्गा उपलब्ध गराउने कुरामा सबै गम्भीर हुन जरुरी रहेको उनको भनाइ थियो।

भूमिहीनलाई जग्गा उपलब्ध गराउने कुराको सुनिश्चितता गर्ने गरी विधेयक आउनुपर्नेमा सांसद जोशीले सरकारको ध्यानाकर्षण गराए।

21
Shares
१५ श्रावण २०८२, बिहीबार १७:५६