काठमाडौँ । आन्तरिक किचलोका बीच नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्ष लालवीर चौधरी बनेका छन्। दुई दिन काठमाडौँमा बसेको राष्ट्रिय भेलाबाट संघीय संसद्‌का सांसदसमेत हरेका चौधरी अध्यक्ष बनेका हुन्।

उनी नाउपाका संरक्षक रेशमलाल चौधरीका बुवा हुन्। रेशमकै जोडबलमा लालवीर चौधरी अध्यक्ष बनेका छन्। यसअघि रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेकोमा बुधबार बसेको राष्ट्रिय भेलाबाट उनलाई हटाइएको थियो।

श्रेष्ठ कास्कीको लिचीबारी प्रकरणमा मुछिएपछि अख्तियारको छानबिनमा छिन्।
56
Shares
१५ श्रावण २०८२, बिहीबार १७:५४