काठमाडौँ । नेपाल एथलेटिक्स संघको अध्यक्षमा राजीवविक्रम शाह निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा उपाध्यक्षमा कोमल वली, जगतसिंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुर गुरुङ निर्वाचित भएका छन्।

यस्तै सचिवामा राधाकृष्ण विष्ट (आरके), कोषाध्यक्षमा मोहनबहादुर घले निर्वाचित भएको एथलेटिक्स निर्वाचन समितिले जानकारी दिएको छ।

सदस्यहरुमा संजीव तुलाधर, अन्जु चौधरी, दिलबहादुर बम, नन्दु काउचा, अनिरुद्रकुमार चौधरी, मो. जाउल हक, शिवलाल आचार्य र पद्मा चौधरी निर्वाचित भएका छन्। उनीहरू सर्वसम्मतिले निर्वाचित भएका हुन्।
21
Shares
१५ श्रावण २०८२, बिहीबार १३:१७