बुधबार प्रतितोला १ लाख ९४ हजार ४ सय रूपैयाँ थियो त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको २ हजार २ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलाको २ हजार ३ सय १० रूपैयाँ थियो ।
घट्यो सुनचाँदीको मूल्य
नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । यसअघि बढेको सुनचाँदीको मूल्य बिहीबार भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ८ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रूपैयाँ कायम भएको छ ।