न्यायाधीश पिताम्बर शर्माको इजलासले बुधबार उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। अहिराजविरुद्ध एक युवतीले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन्।
साउन ४ गते पक्राउ परेका झामाथिको अनुसन्धान प्रहरीले ९ दिनमै सकेको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरेको थियो।ती युवतीले अहिराजले आफूलाई २०८१ जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा बलात्कार गरेको आरोप लगाएकी छन्। यसैबीच, अहिराजले पनि आफूविरुद्ध बलात्कारको जाहेरी दिने युवतीविरुद्ध मुद्दा हालेका छन्।