विभागका अनुसार, काठमाडौं महानगरपालिका–४ मा रहेको स्टडी हब ग्लोबल प्रालिलाई ६० हजार रुपैयाँ, मध्यपुर थिमी–४ को हिमालयन एजुकेसनल ग्रुप सर्भिसलाई ५१ हजार रुपैयाँ र काठमाडौं–१४ को प्रिज्म इन्टरनेसनल ल्याङ्वेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
उपभोक्ताले कन्सल्टेन्सीहरूले ठगी गरेको भन्दै उजुरी गरेपछि विभागले साउन १ गतेदेखि अनुगमन सुरु गरेको थियो। अनुगमनका क्रममा करिब ७० प्रतिशत कन्सल्टेन्सीहरू दर्ता बिना र शिक्षा मन्त्रालयबाट इजाजत नलिई अवैध रूपमा सञ्चालन भइरहेको पाइएको विभागले जनाएको छ।विभागले थप तीनवटा कन्सल्टेन्सीलाई कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने अन्य नौवटालाई सामान्य निर्देशन मात्रै दिएको छ।