यसको प्रभावले अहिले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ भने बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका धेरै स्थानमा र बाँकी तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।आज राति देशको पहाडी भूभागमा सामान्य बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा तथा तराईका एक-दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेष गरी गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।