मेडिकलबाट प्रतिबन्धित लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय केराबारी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मुगु मेडिकलमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा लुकाइछिपाइ राखेको अवस्थामा डिकोलिक ४ हजार ५ सय ट्याब्लेट र ट्रामाडोल ४ हजार ५ सय ट्याब्लेट बरामद भएको छ।
पक्राउ परेका कुँवरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रतिबन्धित लागूऔषधसहित मेडिकल सञ्चालक पक्राउ
मोरङ । मोरङको केराबारी गाउँपालिका-७ मा रहेको मुगु मेडिकलबाट प्रतिबन्धित लागूऔषधसहित सञ्चालक मनिष कुँवर पक्राउ परेका छन्। बेलबारी नगरपालिका-८ घर भएका २८ वर्षीय कुँवरलाई साउन १३ गते बिहान प्रहरीले पक्राउ गरेको हो।