विराटनगर ।  कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा भन्सार छली र चोरी तस्करी नियन्त्रणमा विशेष सक्रियता देखाउँदै २० करोड ४२ लाखभन्दा बढीको अवैध सामग्री बरामद गरेको छ। यसबाट राज्यलाई ठूलो मात्रामा राजस्व प्राप्त भएको छ।

खुल्ला सिमानाका कारण हुने चोरी तस्करीका घटना नियन्त्रण गर्न सीमा क्षेत्र र आसपासका नाकाहरूमा चेकजाँचमा कडाइ तथा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। यसको परिणामस्वरुप विभिन्न जिल्लाहरूबाट उल्लेख्य मात्रामा राजस्व संकलन भएको छ:

झापा: ७ करोड ३ लाखभन्दा बढी

मोरङ: ५ करोड ५६ लाखभन्दा बढी

सुनसरी: ४ करोड २३ लाखभन्दा बढी

ताप्लेजुङ: १ करोड ४ लाखभन्दा बढी

उदयपुर: ९६ लाखभन्दा बढी

इलाम: ७० लाखभन्दा बढी

यस अवधिमा प्रहरीले ८९ वटा सवारी साधन र ८५ जना तस्करीमा संलग्न व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर, भन्सार छली र चोरी तस्करी नियन्त्रण गर्न तथा यसमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन कडाइका साथ चेकजाँच, प्रविधिको प्रयोग र निगरानीसहित सक्रिय रुपमा काम गरिरहेको छ।

42
Shares
१२ श्रावण २०८२, सोमबार १६:०९