साउन ११ गते विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको टोलीले धरान–१५ स्थित ३७ वर्षीय योजन राईले सञ्चालन गरेको ट्याटु हाउसबाट प्रतिबन्धित औषधि २ हजार ७३ चक्की र ६८० मिलिग्राम ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २७ वर्षीय दिपेन मगर, २१ वर्षीय जगत मगर, ३३ वर्षीय कृष्ण राई, ३२ वर्षीय सुरज कार्की, २४ वर्षीय सोमत राई र १९ वर्षीय असिम राई छन्।त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले इनरुवा नगरपालिका–४ बाट धनकुटा साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय करण राईलाई ४ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।