विराटनगर-  मोरङको विराटनगर महानगरपालिका-६ स्थित धुधुवा खोलामा खेल्ने क्रममा डुबेर ४ वर्षीया आरुषी पासवानको मृत्यु भएको छ।

दीपक पासवानकी छोरी आरुषीलाई साउन ११ गते दिउँसो ४ बजेतिर घर नजिकैको धुधुवा खोलामा डुबेको अवस्थामा आफन्तले फेला पारेका थिए। उनलाई तत्काल गोल्डेन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरे।

घटनाबारे थप अनुसन्धान र कानूनी कारबाही भइरहेको प्रहरीले जनाएको छ।
56
Shares
१२ श्रावण २०८२, सोमबार १६:०६